आसन, भाषण र शासनमा महिलाहरूलाई पुर्‍याउन देशव्यापी नेतृत्व गर्नेछु: ओखलढुंगा एमाले उम्मेदवार थापा

काठमाडौँ । नेकपा (एमाले) की केन्द्रीय सदस्य तथा ओखलढुंगा प्रतिनिधि सभा सदस्यकी उम्मेदवार अस्मिता थापाले जिल्लाको विकास र युवा र महिला सशक्तीकरण आफ्नो प्राथमिकतामा पर्ने बताएकी छन् ।

शनिवार नेकपा एमाले ओखलढुंगा–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि भसा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले ओखलढुंगा अब आफैँ नेतृत्व गरेर सीमानाका सडकहरू निर्माण गर्दै पालिका–पालिकामा कालोपत्रे गर्ने गरी अघि बढ्ने बताइन् । उनले एउटा गाउँपालिकाको व्यक्ति तीनवटा जिल्ला हुँदै सदरमुकाम पुग्नुपर्ने बाध्यताको अन्त्य गर्ने बताइन् ।

उनले शैक्षिक समस्या सम्बोधन गर्दै विद्यालय–विद्यालयमा गएर सही काउन्सिलर उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरिन् । महिलाको मुक्तिको लागि आसन, भाषण र शासनमा महिलालाई पुर्याउन देशव्यापी नेतृत्व गर्ने बताइन् । नवयुवाहरूले भाषणभन्दा कामबाट आफूलाई प्रमाणित गर्नुपर्ने उनको भनाइ थियो । उनले युवा पुस्तालाई काममा आधारित नेतृत्वको उदाहरण दिनुपर्नेमा जोड दिइन् ।

उनले भनिन् ‘अब ओखलढुंगा आफैँ नेतृत्व गरेर सीमानाका सडकहरू निर्माण गर्दै ओखलढुङ्गाका पालिका पालिकामा कालोपत्रे गर्नेगरी अघि बढ्नेछौँ । एउटा गाउँपालिकाको व्यक्ति तीन वटा जिल्ला हुँदै आफ्नो जिल्लाको सदरमुकाम पुग्नुपर्ने बाध्यता छ । आज पनि ओखलढुंगा मोबाइलको नेटवर्क नपुगेर फोन गर्न डाँडामा जानुपर्ने अवस्था छ । म आफैँले भोगेको छु । ओखलढुंगा जिल्लामा आज फोन नलाग्ने जुन ठाउँहरू छन्, हिजो पनि फेँदीगुठबाट फोन आएको थियो । अब फोनको नेटवर्क मात्रै होइन, ओखलढुङ्गाका ठाउँ ठाउँमा साइबर क्याफेहरू बन्नेछन् । त्यहाँ उच्चतम नेटवर्क प्रयोग गरेर काठमाडौँ नआईकन आइटीको काम गरेर तपाईँको घर, आँगनको स्वच्छ हावापानीमा बसेर काम गर्न सक्ने वातावरणको निर्माण अबको पुस्ताले गर्नेछ । अबको सरकारले गर्नेछ, अब आउने निर्वाचित नेतृत्वले गर्नेछ । सही शैक्षिक काउन्सिलको समस्या छ । त्यो समस्या विद्यालय विद्यालयमा गएर सही काउन्सिलर दिनेछु । आसन, भाषण र शासनमा महिलाहरू नपुगीकन महिला मुक्ति हुँदैन । तसर्थ आसन, भाषण र शासनमा महिलाहरूलाई पुर्याउन देशव्यापी नेतृत्व गर्नेछ ।’

अस्मिता थापा लिखु गाउँपालिकाको पूर्वउपाध्यक्ष तथा एमाले केन्द्रीय सदस्य हुन् । उनी एमालेको तर्फबाट युवा तथा महिला प्रतिनिधित्वको प्रतिकका रूपमा देखिएकी छन् । जसले ओखलढुङ्गामा विकास, सूचना प्रविधि, सडक पूर्वाधार र महिला सशक्तीकरणका मुद्दालाई प्राथमिकतामा राखेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =