रास्वपा नेता बालेन शाहको निवासमा तोडफोड !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको काठमाडौँस्थित निजी निवासमा तोडफोड भएको छ । गएराति अज्ञात समूहले राजधानीमा रहेको शाहको घरको मूल ढोका (गेट) मा क्षति पुर्‍याएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शाहको घरको गेटमा रहेको फलामे ग्रील फुटाइएको अवस्थामा भेटिएको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोलीले उक्त स्थानको निरीक्षण गरेको थियो ।

परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) कौशल बुढाथोकीले घटनाको प्रकृति हेर्दा चोरी गर्ने उद्देश्यले तोडफोड भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । ‘घरमा कोही नबस्ने र गेट पनि फुटाइएको देखिएकाले शंकास्पद समूहले चोरीको प्रयास गरेको हुनसक्छ,’ डिएसपी बुढाथोकीले भने, ‘हालसम्म घरभित्रका सामानहरू हराएको भन्नेबारे कुनै आधिकारिक उजुरी भने प्राप्त भइसकेको छैन ।’

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका नेता शाह हाल चुनावी प्रचारप्रसारका क्रममा कर्णाली प्रदेशमा छन् । उनी घरमा नभएको मौका छोपी उक्त समूहले तोडफोड गरेको बताइएको छ । प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान सुरु गरिसकेको र संलग्नहरूको खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + ten =