काठमाडौं–४ बाट चुनाव लड्दै राजु पाण्डे, बालेनसँगै राजीनामा दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने तयारी गरेका छन् । उनी मेयर बालेन्द्र शाह (बालेन) सँगै माघ ४ गते मेयर पदबाट राजीनामा दिने योजना बनाइरहेका छन् ।

बालेन निकट स्रोतका अनुसार मेयर शाहले पाण्डेलाई काठमाडौं–४ मा उम्मेदवार बनाउने तयारी गरिरहेका छन् । ‘काठमाडौंबाट चुनाव लड्ने उहाँको तयारी छ,’ बालेन निकट स्रोतले भन्यो ‘उहाँले मेयरभन्दा पहिला नै राजीनामा दिने तयारी गरिरहनु भएको छ ।’

पाण्डेले पनि मेयर शाहसँगै राजीनामा दिने कुरा स्वीकार गरेका छन् । ‘म मेयर साबले छाड्नु भएको महानगरमा एक मिनेट पनि बस्दिनँ,’ उनले भने, ‘उहाँले छाड्नु भन्दा अघि मैले छाड्न सक्छु । राजु पाण्डे महानगरमा रहँदैन ।’

काठमाडौं–४ बाट उम्मेदवार बन्ने विषयमा भने पाण्डेले स्पष्ट जवाफ दिएनन् । ‘मैले कसैलाई उम्मेदवार बन्छु भनेर मागेको छैन,’ उनले भने ‘मैले यो बन्छु, त्यो बन्छु सोचेको पनि छैन ।’

मेयर बालेनले माघ ४ गते राजीनामा दिएपछि काठमाडौं महानगरको कार्यवाहक नेतृत्व उपमेयर सुनिता डंगोलले सम्हाल्ने छन् । पाण्डेले पनि सोही दिन वा त्यसअघि नै महानगर प्रहरी प्रमुख पद छोड्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =