विश्वप्रकाशको प्रतिवेदनः प्रधानमन्त्री दुई पटक मात्र, गठबन्धन नगर्ने (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन् ।

भृकुटीमण्डपमा सोमबार श्यामकुमार खड्काको अध्यक्षतामा सुरु भएको बन्दसत्रमा शर्माले ‘बदलिएको देश बदल्नुपर्ने कांग्रेस’ शीर्षकको प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

प्रतिवेदनमा महामन्त्री शर्माले मुलुकको शासकीय स्वरूपदेखि पार्टीको आन्तरिक जीवनसम्म आमूल परिवर्तनको खाका कोरेका छन् । उनले भविष्यमा नेपाली कांग्रेसको तर्फबाट वा कांग्रेसको पहलमा कोही पनि व्यक्ति प्रधानमन्त्री दुई पटकभन्दा बढी बन्न नपाउने स्पष्ट प्रस्ताव अघि सारेका छन् । यो नीतिलाई नेपालको संविधानमा समेत लिपिबद्ध गर्न पार्टीले अग्रसरता लिने संकल्प प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, राजनीतिक स्थिरता कायम र दलीय स्वाभिमानको रक्षा गर्न निर्वाचनमा गठबन्धन नगर्ने नीति पनि प्रतिवेदनमा समावेश गरिएको छ ।

विगतका गठबन्धनले पार्टीको मौलिकता गुमाएको र मतदाताको विवेकमा प्रहार गरेको निष्कर्ष निकाल्दै शर्माले अबका कुनै पनि निर्वाचनमा गठबन्धन नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिवेदनले पार्टीभित्र सुशासन र पारदर्शितालाई जोड दिँदै राज्यका संवैधानिक निकाय, विश्वविद्यालय तथा राजदूत नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्ने, नातावाद र परिवारवाद रोक्ने तथा युवा पुस्तालाई पार्टी संरचनामा उल्लेखनीय प्रतिनिधित्व दिने प्रस्ताव पनि राखेको छ । यसबाहेक, विगतका गल्तीहरूको १८ बुँदे आत्मालोचना गर्दै सुधारका संकल्पहरू पनि समेटिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + four =