देउवाले भने: पार्टी फुटाउने प्रयास भयो, तर कांग्रेस एक ढिक्का रहन्छ
२०८२ पुस २८ गते

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा जारी विशेष महाधिवेशनलाई पार्टी फुटाउने प्रयासको संज्ञा दिएका छन् ।
आइतबार बिहान आफ्नो निवासमा भेट्न आएका संस्थापन पक्षका नेता तथा कार्यकर्ताहरूसँग कुरा गर्दै देउवाले भने, ‘पार्टी फोड्ने प्रयास गरेका छन् तर पार्टी फुट्दैन । म पूर्ण रूपमा विश्वस्त छु ।’
देउवाले यो विशेष महाधिवेशन वैधानिक नभएको जिकिर गर्दै यसको बन्दसत्रबाट आउने कुनै पनि निर्णयका आधारमा आफूले आवश्यक कदम चाल्ने बताए । उनले भने, ‘विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यसैअनुसार हामी अघि बढ्छौं ।’
भेटमा सहभागी संस्थापन पक्षका केही नेताहरूले पनि देउवालाई साथ दिँदै विशेष महाधिवेशनलाई अवैधानिक ठहर गरेका थिए ।
२०८२ पुस २८ गते
प्रतिक्रिया
सम्बन्धित








