१६औँ इक्यान शिक्षा मेला २०२५ सुरु (तस्बिरहरू)

काठमाडौँ । आज (मङ्सिर २२)  बाट १६औँ इक्यान शिक्षा मेला २०२५ सुरु भएको छ ।

नयाँ बानेश्वर स्थित एभरेस्ट होटेलमा आयोजित यो वर्षको १६औँ इक्यान शिक्षा मेलामा नेपाल लगायत भारत, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, युरोप सहितका देशबाट १०० भन्दा बढी विश्वविद्यालय र कलेजहरूले भाग लिएको आयोजक संस्था इक्यानले बताएको छ ।

यो मेलामा  विद्यार्थीहरूले तत्काल मूल्याङ्कन, छात्रवृत्ति जानकारी, भिसा तयारी मार्गदर्शन, र व्यावसायिक सल्लाह जस्ता सबै सुविधा एकै छानामुनि प्राप्त गर्न सक्नेछन् ।

नेपाली विद्यार्थीहरूको लागि विशेष छात्रवृत्ति सेग्मेन्ट, विश्वविद्यालय प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गर्ने क्षेत्र, नेपालमै पढ्न चाहनेहरूका लागि ‘नेपालमै अध्ययन’ प्याभिलियन, र तत्काल आवेदन सहयोग डेस्क जस्ता सुविधा मेलामा रहेको छ ।

मेला, आज बिहान १० बजे देखि साँझ ५ बजे सम्म हुनेछ।

हेर्नुहोस् तस्बिरहरू :-

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 16 =