जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोड इतिहासकै दुःखद् घटना : भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोड इतिहासकै दुःखद् घटना भएको बताएकी छन् ।

आईतवार सिंहदरबारको वस्तुस्थिति अवलोकन गरेपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले गत भदौ २४ गते सरकारी भवनहरुमा तोडफोड, आगजनी र लुटपाट हुनु दुःखको कुरा भएको बताइन् ।

सिंहदरबारको स्थिति हेर्दा दुःख लागेको पनि बताइन् । उनले सरकारले चाँडै उक्त भवनहरुको पुनःनिर्माण गरी पुरानै अवस्थामा ल्याउने विश्वास आफ्नो रहेको पनि बताइन् ।

उनले भनिन् ‘भदौ २४ गते जुन घटना भयो, सरकारी भवनहरु तोडफोड, आगजनी, लुटपाटका घटना भए । यहाँको परिस्थिति कस्तो छ भनेर आएको हो । यहाँको अवस्था हेर्दा धेरै दुःख लाग्यो । नेपाल सरकारले चाँडै यिनीहरुको पुनःनिर्माण गरेर पुरानो अवस्थामा ल्याउनेछ भन्ने आशा गरेको छु । तोडफोड, आगजनी, लुटपाट नेपाली जनताका लागि दुःखद् घटना हो । नेपालको इतिहासमा कहिल्यै नभएको दुःखद् घटना हो । भविष्यमा पनि यस्तो कुनै घटना नहोस् ।’

उनले तोडफोड, आगजनी, लुटपाट नेपाली जनताका लागि दुःखद् घटना भएको बताउँदै यस्तो घटना नेपालको इतिहासमा कहिल्यै नभएको र भविष्यमा पनि हुन नहुने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + two =