महाधिवेशनमार्फत जनता एमालेको पक्षमा छ भन्ने सन्देश दिन चाहन्छौ : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको एघारौँ महाधिवेशनको उदघाटन सभामा सहभागी हुने सबैलाई आह्वान गरेका छन् ।
मंगलवार पार्टी मुख्यालय च्यासलमा पार्टीको वन तथा वातावरण विभागले मंगलवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो आह्वान गरेका हुन् ।
एमाले सो महाधिवेशनको उद्घाटन कार्यक्रम भक्तपुरका सल्लाघारीस्थित तीनकुनेमा आगामी मंसिर २७ गते हुँदैछ । सो सभालाई एमालेले प्रतिगमन विरुद्धको संघर्षको उत्कर्ष र उत्सवको रुपमा मनाउन चाहेको महासचिव पोखरेलको भनाई थियो ।
उनले सो सभामार्फत एमालेले ठूला दलहरुको पक्षमा जनमत छन भन्ने सन्देश दिन चाहेको पनि स्पष्ट पारे । महासचिव पोखरेलले सो सभामा जनता, लोकतन्त्र र देशभक्तिको पक्षमा रहेकाहरु सबै उपस्थित हुने विश्वास समेत व्यक्त गरे ।
महासचिव पोखरेलले एमालेले मुलुकलाई लोकतान्त्रिक लयमा फर्काउन नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको समेत बताए ।








