कौशी थिएटरमा नाटक ‘के?अस.’ को मञ्चन सुरु (तस्बिरहरू)

काठमाडौँ । टेकुस्थित कथा घेराको कौशी थिएटरमा यहि मंसिर १२ गतेदेखि स्टुडियो आकारको प्रस्तुतिमा नाटक ‘के?अस.’ को मञ्चन सुरु हुने भएको छ ।
डार्क कमेडीमा आधारित यो नाटकमा कुनै सामान्य अंकहरू छैनन् । कुनै निश्चित सीमारेखा छैन, सुरक्षा जाल छैन । नाटकमा दुई हराएका पात्रहरू छन्, जसले वास्तविक मानवीय भावनाहरूलाई असम्भव जस्तो लाग्ने परिस्थितिहरूभित्र खोज्दैछन् ।
ईलम मनि दिक्षित र विजय आनन्द ताम्राकारको संयुक्त लेखन तथा निर्देशनमा तयार भएको नाटकमा दिक्षित र ताम्राकार कै अभिनय रहेको छ । प्रत्येक नाटक सामान्य रुपमा देख्ने नियमित स्क्रिप्टेड नाटक हुँदैन, त्यसलाई व्याख्या गर्नु वा परिभाषित गर्नु निकै कठिन हुन्छ, किनकि त्यस्तो नाटक प्रत्येक प्रदर्शनसँगै पुनः लेखिँदै अनि पुनः बन्ने प्रक्रियामा रहन्छ ।
नाटक यहि मंसिर २१ गतेसम्म मंगलबार बाहेक हरेक साँझ ५:३० बजे नियमित मञ्चन हुने छ ।
हेर्नुहोस् तस्बिरहरू:











