बहुसंख्यक श्रमिकका लागि सामाजिक सुरक्षा ‘कागलाई बेल पाक्यो हर्ष न विष्मात भयो’ : सिम्खडा

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)को अध्यक्ष जगतबहादुर सिम्खडाले आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कोष सुरुवात हुँदा आफूहरू खुशी देखिएपनि अहिले निराश भएको बताएका छन् ।

सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले बहुसंख्यक श्रमिकका लागि सामाजिक सुरक्षा चरीलाई बेल पाक्यो हर्ष न विष्मत भएको बताएका हुन् । विश्वभरी नै सामाजिक सुरक्षा श्रमिकहरूको आधारभूत स्तभ हो भन्ने मान्यता रहेको र नेपालको संविधानले पनि सामाजिक सुरक्षा प्रत्येक नागरिकको हक मानेतापनि त्यसलाई व्यवहार्न उतार्न राज्यसंयन्त्र चुक्दै गएको सिम्खडाले बताए ।

उनकाअनुसार देशको सामाजिक सुरक्षा भत्ताले देशको अर्थतन्त्रलाई धराशायी बनाउन सक्ने आँकलन भइरहेका छन् । हाल देशको कुल बजेटको १२ प्रतिशत सामाजिक सुरक्षामा खर्च भइरहेको छ ।

अबको १० वर्षमा यो अवस्था रही रहे सामाजिक सुरक्षा भत्ताको हिसाबले देश आर्थिक संकटमा जानेछ । त्यसर्थ सामाजिक सुरक्षा योगदानमा आधारित हुन जरुरी रहेको सिम्खडाले बताए ।

सिम्खडाले छरिएर रहेका सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्न जरुरी रहेको बताए । सामाजिक सुरक्षा कोष कार्यान्वयनका लागि श्रम लचकताका नाममा श्रमिकका अधिकारहरू समेत खोस्ने प्रपच भएको बताए ।

उनका अनुसार हरेक २ वर्षमा बढ्ने न्यूनतम परिश्रमीक २०७४ सालमा ५० रुपैयाँ मात्र बढाएर पुरै रोजगारदातालाई छाडेर ऐन ल्याउन सहमति गरियो । तर आजसम्म सामाजिक सुरक्षा लागू हुन नसक्दा श्रमिकको प्रत्येक महिना २ हजारको दरले आर्थिक घाटा भइरहेको छ ।

वैदेशिक रोजगारमा गएकाहरू सामाजिक सुरक्षा कोषमा जोडिएपनि उनीहरूले निरन्तरता दिएका छैनन् । श्रमिकलाई अनावश्यक करको समेत भार थुपारिएको भन्दै सिम्खडाले आक्रोस समेत पोखे ।

अध्यक्ष सिम्खडाले भने–‘अबको १० वर्षमा यो अवस्था रही रहे सामाजिक सुरक्षा भत्ताको हिसाबले देश आर्थिक संकटमा जाने सुनिन्छ । तर यही संकटको समाधान योगदानमा आधारित सामाजिक सुरक्षा हो भन्ने हामीलाई लागेको छ । हामी अझै श्रमिकलाई गर्ने लगानी खर्च सम्झन्छौं । पुँजी होइन । हामी स्पष्ट भन्न चाहन्छौं, सामाजिक सुरक्षा भनेको राज्यको निगा होइन । यो श्रमिकको अधिकार हो । यसको कार्यान्वयन सबैका लागि अनिवार्य हुनुपर्छ ।’

सरकारले योगदानका लागि व्यवस्था समेत नमिलाउँदा अनौपचारिक क्षेत्रका लाखौँ श्रमिक अझै सामाजिक सुरक्षाको दायरा बाहिर रहेको सिम्खडाले बताए ।

उनले सामाजिक सुरक्षा कोषमा रहेको पैसाबाट ब्याज खाने प्रवृत्ति मैलाएको, उत्पादनशील क्षेत्रमा लगानी गर्न चासो नदेखाएको भन्दै त्यस्तो प्रवृत्ति बन्द हुनुपर्नेमा जोड समेत दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =