सिमरामा फेरी लगाइयो कर्फ्यू

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाराले आज पनि सिमरामा कर्फ्यू आदेश जारी गरेको छ । बाराको सिमरामा बुधबार नेकपा एमाले र जेनजी युवाबीच झडपपछि बुधबार र बिहीबार दिउँसो तनाबग्रस्त बनेको हो ।

जेनजी युवाले आज पनि सिमरामा प्रदर्शन गरेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । उनीहरू बिहानैबाट सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका हुन् । सडक अवरुद्ध भएपछि अहिले प्रहरी र जेनजीबिच धकेलाधकेल भएको थियो ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार विरगंज–पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्का पुलसम्म दायाँबायाँ र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कर्फ्यू जारी भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fourteen =