सुदन गुरुङको आग्रह: हर्क, बालेन, रवि, कुलमान, सुमना र सागर एकजुट हुनुस्

काठमाडौं । जेनजी अभियन्ता सुदन गुरुङले अब दोस्रो चरणको अभियान सुरु गर्न लागिएको घोषणा गरेका छन् ।

उनले जेनजी अभियान देशभर फैलिएको दाबी गर्दै गुरुङले अब दोस्रो चरणको अभियान सुरु गर्न लागिएको बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत स्टाटस सार्वजनिक गर्दै उनले ७ वटै प्रदेश, ७७ वटै जिल्ला र स्थानीय तहदेखि वडास्तरसम्म जेनजी एकजुटता सम्पन्न भइसकेको बताएका छन् ।

गुरुङका अनुसार अब नेपाल परिवर्तन अभियानमा अन्य नेपालीलाई पनि सहभागी गराउने तयारी भइरहेको छ । उनले पार्टीप्रेमी होइन, देशप्रेमी नेपालीहरू एकजुट हुन जरुरी रहेको बताएका छन् ।

उनले छिट्टै सबै परिवर्तन चाहने नागरिकका लागि डिजिटल प्लेटफर्म सार्वजनिक गरिने उल्लेख गरेका छन् । अभियानको दोस्रो चरणमा जनताले विश्वास गरेका व्यक्तिहरूलाई एउटै स्थानमा ल्याउने प्रयास हुने उनले बताएका छन् ।

यसै क्रममा गुरुङले केही चर्चित सार्वजनिक व्यक्तित्वलाई खुलेर आह्वानसमेत गरेका छन् । उनको सूचिमा हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ, सुमना श्रेष्ठ र सागर ढकाल जस्ता चर्चित नाम परेका छन् । उनले लेखेका छन्, ‘सम्पूर्ण नेपालीको एउटै चाहना छ—तपाईंहरू सबै एउटै ठाउँमा सँगै उभिनुहोस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =