विर्तामोडमा एमालेको जनसभा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी झापाद्वारा विर्तामोडमा आज र्‍यालीसहित जनसभा आयोजना गरिएको छ ।

विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको मागसहित एमाले जिल्ला कमिटी झापाले विर्तामोडका तीन अलगअलग स्थानबाट शान्तिपूर्ण र्‍याली निकालेर विर्तामोड नगरपालिका–५ स्थित सिटी सेन्टर अगाडि जनसभा सुरु गरेको हो ।

एमाले पार्टी पोलिटब्युरो सदस्य देवेन्द्र दाहालको नेतृत्वमा विर्तामोड–१ स्थित पश्चिमतर्फबाट र्‍याली सुरु भएको थियो । र्‍यालीमा जिल्ला इन्चार्ज रोमनाथ ओलीसहित विभिन्न तहका पार्टी पदाधिकारी तथा कार्यकर्ताको सहभागिता थियो ।

विर्तामोड(४, भद्रपुर रोडस्थित नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्र अगाडिबाट अर्को र्‍याली सुरु गरिएको थियो । पार्टीका केन्द्रीय सदस्य हरि राजवंशीको नेतृत्वमा, प्रदेश कमिटी सदस्य अमृतलाल राजवंशीसहित एमालेका नेता तथा कार्यकर्ताको र्‍यालीमा सहभागिता थियो ।

तेस्रो र्‍याली विर्तामोड(५ स्थित शनिश्चरे रोडतर्फबाट सञ्चालन गरिएको थियो । पार्टी स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलको नेतृत्वमा केन्द्रीय सदस्य रवीन कोइरालासहितका नेता तथा कार्यकर्ता सहभागी थिए ।

र्‍याली मुक्तिचोक हुँदै सिटी सेन्टर अगाडि आएर जनसभामा परिणत भएको छ । अहिले सो सभामा केन्द्रीय नेतृत्वसहितका जिल्लास्तरीय नेताले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + one =