गृहमन्त्रालयद्वारा ७ जिल्लाका सीडीओ सरुवा, ५८ जना अधिकृत हेरफेर

काठमाडौं । गृहमन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा बुधबार बसेको बैठकले ५८ जना कर्मचारीको सरुवा गर्ने निर्णय गरेको हो ।

सरुवा भएका मध्ये सहसचिव र उपसचिवस्तरका कर्मचारीहरू रहेका छन् । मन्त्रालयले जारी गरेको सूचनाअनुसार गुल्मी, दैलेख, पाँचथर, रोल्पा, जुम्ला, डोटी र मुस्ताङका प्रमुख जिल्ला अधिकारीहरूको हेरफेर गरिएको हो ।

मन्त्रालयका अनुसार सरुवा भएका सीडीओहरू यसप्रकार छन्ः

  • बद्रीनाथ गैह्रे – गुल्मी

  • आनन्द सारु – दैलेख

  • बासुदेव दाहाल – पाँचथर

  • गंगा बहादुर क्षेत्री – रोल्पा

  • दीपक पौडेल – जुम्ला

  • कल्पना घिमिरे – डोटी

  • अजिता शर्मा – मुस्ताङ

त्यस्तै, विभिन्न जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरू समेतको पनि सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयले सरुवालाई नियमित प्रशासनिक प्रक्रिया अन्तर्गतको कार्य भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =