चोभारमा एक महिने आदिनाथ मेला समापन (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको चोभारस्थित ऐतिहासिक आदिनाथ मन्दिरमा एक महिने आदिनाथ मेला हालै सम्पन्न भएको छ । कोजाग्रत पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म चलेको यस मेलाले हिन्दु र बौद्ध धर्मावलम्बीहरूलाई एकै ठाउँमा ल्याएको थियो ।

असोज २१ गतेबाट सुरु भएको मेलामा शिव र पार्वतीको संयुक्त आकार प्रतिबिम्बित ‘अर्धनारेश्वर आदिनाथ’ मूर्तिको पूजा आराधना गर्ने भक्तजनहरूको घुइँचो लागेको थियो । सहभागीहरूले भय, रोग र विघ्नबाट मुक्ति तथा पारिवारिक सुख र समृद्धिको कामना गरेका थिए ।

आदिनाथ मन्दिरलाई हिन्दु र बौद्ध दुवै अनुयायीले साझा रूपमा पूजा गर्छन् । लिच्छवीकालीन राजा अंशुवर्माले स्थापना गरेको यो मन्दिर ऐतिहासिक र पुरातात्विक महत्वको छ । बौद्धमार्गीहरूले आदिनाथलाई लोकेश्वरका रूपमा पूजा गर्छन् र यहाँ पूजा गर्नाले लामो आयु प्राप्त हुने, अकालमा मृत्यु नहुने तथा धनसम्पत्ति प्राप्त हुने विश्वास गर्छन् ।

मेला अवधिभर मन्दिर परिसरमा भक्तजनहरूको चहलपहल थियो । विशेष पूजाआजाका साथै भजनकीर्तन र धार्मिक प्रवचनहरू पनि आयोजना गरिएको थियो । यस वर्षको मेलाले पनि चोभारको आदिनाथ मन्दिरलाई धार्मिक सहिष्णुता र सद्भावको केन्द्रबिन्दुको रूपमा स्थापित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =