साउनको पहिलो सोमबार: गोकर्णेश्वर महादेवमा श्रद्धालुको घुइँचो
२०८३ साउन ४ गते

काठमाडौं। आज साउन महिनाको पहिलो सोमबार देशभरका शिवालयमा भगवान् शिवको दर्शन, पूजा–आराधना तथा जलाभिषेक गर्ने श्रद्धालुको उल्लेखनीय भीड लागेको छ।
हिन्दु धर्मशास्त्रमा साउन महिना र सोमबार भगवान् शिवका लागि विशेष प्रिय मानिने भएकाले यस दिन व्रत बस्ने, बेलपत्र, जल, दूध, पञ्चामृत चढाई पूजा गर्ने परम्परा रहिआएको छ।
शास्त्रीय मान्यताअनुसार साउन महिनामा भगवान् शिवको भक्तिभावपूर्वक पूजा–आराधना गर्दा मानव तथा समस्त चराचर जगतको कल्याण हुने विश्वास गरिन्छ।
हिन्दु पुराणमा साउने सोमबार, सोह्र सोमबार र सोम प्रदोष गरी तीन प्रमुख सोमबार व्रतको उल्लेख गरिएको छ। अन्य सोमबारको तुलनामा साउनको सोमबार गरिएको व्रत, दान, जप तथा पूजाबाट विशेष पुण्यफल प्राप्त हुने धार्मिक विश्वास छ।

२०८३ साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित








