महाधिवेशनको विषयमा सहमति जुटाउन काँग्रेस नेताहरु छलफलमा

काठमाडौं । पार्टीभित्र महाधिवेशन विषयमा सहमति जुट्न नसकेपछि नेपाली काँग्रेसका पदाधिकारीसहितका शिर्ष नेताहरुले छलफल शुरु गरेका छन् ।

सोमवार ललितपुरपस्थत एक होटलमा पदाधिकारीहरुसहितका शिर्षस्थ नेताहरुले छलफल गरेका हुन् ।

छलफलमा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरु आनन्द ढुंगाना, डा शशांक कोईराला लगायतका नेताहरुको उपस्थिति रहेको छ ।

लामो समयदेखि जारी पार्टी केन्द्रिय समितिको बैठकले महाधिवेशनको कार्यकालिताको विषयमा सहमति जुटाउन सकेको छैन । महाधिवेशन कहिले गर्ने भन्ने विषयमा पार्टीभित्र दुई धार देखिएका छन् ।

संस्थापन पक्षले आम निर्वाचनपछि, आगामी वैशाखतिर महाधिवेशन गर्न उपयुक्त हुने अडान लिएको छ भने महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितको इतर पक्षले निर्वाचनअघि नै विशेष वा नियमित महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका छन् ।

यही मतभेदका कारण जारी काँग्रेस केन्द्रिय समितिको बैठक मंगलवारसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 11 =