बालेन लक्षित ईः ईःको टिप्पणी- नयाँ भन्नेहरूलाई गल्ती दोहर्‍याउने छुट छैन

काठमाडौँ । सामाजिक अभियन्ता ईः ईःले हिजोकाले बिराए भन्दैमा नयाँ भन्नेहरूलाई त्यही गल्ती दोहर्‍याउने छुट नभएको बताएका छन् ।

आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन् ।

उनले ‘गलत बाटोबाट सही परिणाममा पुग्न सकिन्छ त ?’ भन्ने प्रश्न गर्दै र इमानदारिताको विकल्प नभएको बताएका छन् । उनको यो स्ट्याटस काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह लक्षित देखिन्छ ।

मेयर शाहले गए राति आफ्नो सामाजिक सञ्जालमा अश्लील र आपत्तिजनक एक स्ट्याटस लेखेका थिए । यसले मेयर शाहप्रति जनमानसमा तीव्र असन्तुष्टि र आक्रोश पैदा गरेको छ ।

यसै घटनाप्रति आफ्नो मत राख्दै अभियन्ता ईः ईः ले लेखेका छन् ‘कोही मसीहा आएर हामीलाई बचाउनेवाला छैन। हिजोकाले बिराए भन्दैमा नयाँ भन्नेहरूलाई पनि त्यही गल्ती दोहर्‍याउने छुट छैन। गलत बाटोबाट सही परिणाममा पुग्न सकिन्छ त र इमानदारिताको विकल्प छैन।’

उनले मेयर शाहलाई समर्थन गर्नेहरूलाई भावनामा बग्नेहरूको चेत बिस्तारै खुल्दै जाने बताए । उनले समाज भड्खालोमा जाओस्, जलोस् जेहोस्, तर आफ्नो बाटो बनाउन उनको डोजर नचली हुँदैन भन्ने धारणा आत्मसाथ गरेकाहरूले गम्भीर आत्मसमीक्षा गर्न अनिवार्य भएको बताए ।

पढ्नुहोस् ईः ईःको पुरा स्ट्याटस:

‘अद्भूत राजनीतिक प्रक्षेपण क्षमता भएका strategist गुरु श्रीश्री कुमार र सारथी श्री भूपदेवको नेतृत्वमा रहेका competent सचिवालय team वास्तवमा काठमाडौँका मेयर हुन्। महानगरमा भएको improved delivery एवं ९०% नवीन पहलकदमी तथा adventurist प्रयोग र तिनको जसअपजसको हकदार वस्तुगतरूपले यही समूह हो। सुसज्जित status तिनकै कीर्ति हो। काव्यिक विभत्सता र चेतावनी शैली organic हो।
अनि महामेयर मेयरमात्र होइनन् brand हुन् brand! शतप्रतिशत सही। He is a PR creation. यो कुरा परार सालपनि भनेको थिएँ। तर त्यसबेला धेरै पत्याउन तयार थिएनन्। कसैले critical दोहोरो अन्तर्वार्ता गर्यो भने त्यो brand क्षयिकृत हुन्छ।
आज सबै छरपस्ट भएको छ। ढिलै भएपनि सबैले यो कुरा मनन् गर्ने मौका पाएका छन्। थाहा भइसक्यो। थाहा हुनुनैथियो। सत्यलाई स्वीकार्ने, नस्वीकार्ने, तपाईँको मर्जी। कोही मसीहा आएर हामीलाई बचाउनेवाला छैन। हिजोकाले बिराए भन्दैमा नयाँ भन्नेहरूलाई पनि त्यही गलती दोह्रयाउने छुट छैन। गलत बाटोबाट सही परिणाममा पुग्नसकिन्छ त? Institution building र इमान्दारिताको विकल्प छैन।
भावनामा बग्नेहरूको चेत बिस्तारै खुल्दैजान्छ भन्ने विषयमा आश्वस्त रहँदारहँदै बरु समाज भड्खालोमा जाओस्, जलोस् जेहोस्, तर आफ्नो बाटो बनाउन उनको डोजर नचली हुँदैन भन्ने धारणा आत्मसाथ गरेकाहरूले गम्भीर आत्मसमीक्षा गर्न अनिवार्य भएको छ। सत्य बुझेरपनि महामेयरलाई आआफ्नो स्वार्थ सिद्धीको साधन वा प्यादा बनाउन खोज्नेहरूलाई त अरु के नै भन्नसकिन्छ र?’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − one =