अब तरुण दल चुप लागेर बस्दैन, आन्दोलनमा जान्छ: विद्वान गुरुङ

काठमाडौँ । नेपाली काँग्रेसमा आबद्ध युवाहरूको संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनमा जाने चेतावनी दिएको छ ।

सोमवार नेपाल तरुण दलको स्थापना दिवस पारेर सो घोषणा गरिएको हो ।

अध्यक्ष विद्वान गुरुङले मुलुकमा व्यवस्था जोगाउन र आफूहरूको अस्तित्व रक्षाका लागि पनि आफूहरूले अब चुप लागेर बस्ने अवस्था नभएको बताए ।

उनले दुर्गा प्रसाईँ, सुदन गुरुङहरूले आफूहरूको अस्तित्वमाथि नै धावा बोलिरहेको जिकिर गर्दै अब सडक सङ्घर्षलाई अघि बढाउनका लागि तयार अवस्थामा रहन पनि तरुण दलका नेता, कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष गुरुङले नेपाली काँग्रेसका कार्यकर्ताहरूलाई झोलेको रूपमा चित्रण गर्ने काम भइरहेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

उनले भने ‘आज एउटा सरकार बनेको छ । पुराना दलको सरकार गएपछि मुलुकमा के केही परिवर्तन भएको छ रु आज एउटा कुनै दुर्गा प्रसाईँले छठ पछि आन्दोलनको घोषणा गरेको छ । एउटा कुनै अभियन्ता गुरुङले आगामी १६ गतेबाट आन्दोलनको घोषणा गरेको छ । केही जेनजी पुस्ताहरूले पनि फेरी नेपाली काँग्रेसका कार्यकर्ताहरूलाई झोलेको रूपमा हाम्रा परिवारहरूलाई विभिन्न सामाजिक सञ्जालमा हालेर हामीलाई ट्रोल बनाउने काम भइरहेको छ । यसैले म तरुण दलका साथीहरूलाई म के आग्रह गर्न चाहन्छु भने हामी चुप लागेर बसेर मात्रै मुलुकमा शान्ति हुँदो रहेनछ । यदि यो मुलुकको व्यवस्था जोगाउने हो भने, यदि तपाई हाम्रो अस्तित्व जोगाउने हो भने अव यिनीहरूको विरुद्ध सडकमा भिँडने हो । यो भन्दा अव अर्को विकल्प नै छैन । अव आउने दिनमा २३ गतेको घटनालाई हामीले समर्थन गरेका थियौँ । २४ गतेको घटना जुन घटनाको हामीले पुनर्विचार गर्न सकेनौँ । जसकारण हामीले यति ठुलो क्षति व्यहोर्न गयौँ । अव आउने दिनमा कुनै पनि आन्दोलनहरू, कुनै पनि वादीहरूले गर्ने आन्दोलनहरूमा अव नेपाल तरुण दल सजग रहनेछ । र तयारी अवस्थामा रहन पनि हामी साथीहरूलाई आग्रह गर्दछौँ ।’

अध्यक्ष गुरुङले भदौ २४ गते मुलुकमा भएको विध्वंस आफूहरूले रोक्न नसकेकोमा क्षमा माग्दै आगामी दिनमा त्यस्तो खालको अवस्था आउन नदिनका लागि सजग हुने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =