थपिने मन्त्रीमा गणपतिलालको मन्त्रालय फेरियो, शीतल निवासमा सपथको तयारी
२०८२ कार्तिक ९ गते

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । चार नयाँ मन्त्रीहरूलाई आज दिउँसो २ः ३० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ ग्रहण गराइने कार्यक्रम तय भएको हो ।
नवनियुक्त मन्त्रीहरूमा डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
श्रेष्ठलाई यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी तय भएकोमा अहिले उनको जिम्मेवारी फेरेर भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
२०८२ कार्तिक ९ गते
प्रतिक्रिया
सम्बन्धित








