जेनजी आन्दोलनमा एमाले-कांग्रेसले विध्वंस मच्चायो : बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आफ्नो स्टाटसमा नेताहरूको व्यवहारलाई दोहोरो र विडम्बना भन्दै प्रश्न उठाएका छन् । काठमाडौँका मेयर शाहले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनालाई लिएर प्रमुख राजनीतिक दलका नेताहरूलाई कटाक्ष गरेका हुन् ।

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले नेताहरूको व्यवहारप्रति असन्तोष व्यक्त गर्दै लेखेका छन्, ‘तुइन र काठको पुल बनाउने नेताहरू भन्छन्- देश विदेशीले बिगार्‍यो ! भिसा पाउन तिमीहरूको घर धाउनुपर्छ, अनि अरूलाई एजेन्ट भन्छौँ !’

उनले आन्दोलनको बेलामा मुख्य राजनीतिक दलहरूबीच एक अर्काप्रति भएको आक्रमणप्रति पनि टिप्पणी गरेका छन् । ‘जेनजीहरूको आन्दोलनमा पूरै देश एमालेले काँग्रेसको जलायो । दोष आफ्ना बालबच्चालाई दिन्छौँ,’ उनले लेखेका छन्  ।

शाहले नेताहरूको दोहोरो चरित्रप्रति इङ्गित गर्दै भनेका छन्, ‘चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौँ ! लाज लाग्दैन ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =