चालु वर्षलाई चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धि वर्षका रूपमा अघि बढाएका छौँ: अध्यक्ष दाहाल

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले बोर्डले चालु वर्षलाई चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धि वर्षका रूपमा अघि बढाइरहेको बताएका छन् ।

शुक्रवार बोर्डमा सिनेमा क्षेत्रहरूमा कम्तीमा २० वर्ष काम गरेका चलचित्रकर्मीहरूलाई परिचयपत्र वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले बोर्डले चलचित्रकर्मीहरूका लागि २० वर्ष काम गर्नेहरूलाई ७५ हजार र ३० वर्ष काम गर्नेहरूलाई एक लाखको जीवन बीमा गर्ने निर्णय भएअनुसार काम अघि बढाइरहेको बताए । उनले बिरामी भई उपचार गराएपछि चिकित्सकको हस्ताक्षरसहित ३५ दिनभित्रमा औषधिको बिल लिएर इन्स्योरेन्स कार्यालयमा जानुपर्ने भएकाले ३० दिनभित्र बोर्डमा आइसक्न पनि आग्रह गरे । अन्य प्रकारका कार्यक्रमहरूको रकमलाई कटौती गरेर भएपनि त्यस काममा आफूहरू लागेको बताए ।

उनले भने ‘२० वर्षको साथीहरूले ७५ हजारको र ३० वर्ष माथिकोले एक लाखको इन्स्योरेन्स गरिएको छ । बिरामी भएर डाक्टरको हस्ताक्षरसहित ३५ दिनभित्रमा औषधिको बिल लिएर इन्स्योरेन्स कार्यालयमा पुग्नुपर्ने बताउनु भयो । ३० दिनभित्रमा चलचित्र विकास बोर्डमा आइसक्नुपर्छ । हामी यो वर्षलाई चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धि वर्षका रूपमा काम गरिरहेका छौँ । अन्य प्रकारका कार्यक्रमहरूको रकमलाई पनि कटौती गरी ती सबै चिजहरू स्तरोन्नतिमा खर्च गर्नेछौँ ।’

उनले आफू बोर्डमा आएपछि चलचित्रकर्मीहरूका हक हितलाई ध्यानमा राखेर काम गरिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =