पदभार ग्रहणसँगै मुख्यमन्त्री सोनलको निर्णय: हेल्लो सिएम कार्यक्रमलाई निरन्तरता

काठमाडौँ । मधेस प्रदेशका चौथो मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेसँगै नव नियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहणसँगै उनले हेल्लो सिएम कार्यक्रमलाई निरन्तरता दिने निर्णय गर्दै जनताको भावनालाई कदर गर्ने काम पहिलो प्राथमिकतामा राखिने बताए । उनले बाँकी निर्णयहरू मन्त्री परिषद्बाट हुने र जानकारी गराइने बताउँदै तत्काल जनताको आवाज, गुनासो र भावना समेटिने कार्यक्रम हेल्लो सिएमलाई निरन्तरता दिने निर्णयमा हस्ताक्षर भएको बताए ।

मुख्यमन्त्री सोनलले आफ्ना नवनियुक्त मन्त्रीहरूसहित जनकपुरधामको मुजेलियास्थित शहीद गेट पुगेर शहीदहरूप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गरेका छन् । यस सरकारमा कुनैपनि किसिमको अन्यौलता, हेलचक्राई र लापरबाही नहुने समेत बताए । जनताको भावनाको कदर, सुशासन र विकासमा अग्रसरता लिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − three =