नेपालमा गैरआवासीय नेपालीहरूको एक खर्ब लगानी भित्रियो: एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपालमा करिब एक खर्ब बराबरको लगानी भित्र्याएको छ ।

एनआरएनएले शनिवार काठमाडौँमा पत्रकार सम्मेलन गरी सो तथ्याङ्क सार्वजनिक गरेको हो । आफ्नो २२ औँ स्थापना दिवसको अवसर पारेर आयोजित पत्रकार सम्मेलनमा बोल्दै एनआरएनएका अध्यक्ष डा। बद्री केसीले नेपालको अर्थतन्त्रमा ठुलो सुधार ल्याउनका लागि आफूहरूले जोड दिएको बताए ।

उनले गैरआवासीय नेपालीहरूले आफूले सिकेको सीपको पनि नेपालमा अधिकतम उपयोग गर्न सक्दो प्रयास गरिरहेको बताए । नेपालमा आफूहरू लगानी बढाउन प्रतिबद्ध रहेको पनि अध्यक्ष केसीको भनाई थियो ।

उनले भने ‘हामीले कमाएको केही अंश मात्रै पनि नेपालमा पठायौ भने नेपालको अर्थतन्त्रमा धेरै ठुलो सुधार हुन्छ र गर्न सकिन्छ भन्ने हाम्रो पहिलो एजेण्डा हो । अहिलेको अवस्थामा नेपालमा १ खर्व भन्दा बढी गैरआवासीय नेपालीहरूको शिक्षा क्षेत्रमा, बैकिङ क्षेत्रमा, कृषि क्षेत्रमा, हाइड्रो क्षेत्रलगायतका विभिन्न क्षेत्रमा लगानी छ । यदि नेपालमा कुनै पनि दुर्गम ठाउँमा पनि आधुनिक, सफा क्याफे देख्नुहुन्छ भने त्यो गैरआवासीय नेपालीले खोलेको छ । यदि कहीँ आधुनिक कृषि देख्नुहुन्छ भने गैर आवासीयहरूले विदेशमा गएर सिकेर आएर गरेको छ । त्यसकारण हामीले जहाँ सीप सिकेका छौँ, जहाँ हामीले पैसा कमाएका छौँ । त्यो पैसालाई विदेशी भूमिमा लगानी गर्नुभन्दा नेपालमा बढी लगानी गर्नुपर्छ भनेर लागेका छौँ ।’

एनआरएनले आफूहरूले विश्वभर नेपालको पहिचान दिलाउन महत्त्वपूर्ण योगदान दिएको पनि दाबी गर्दै आएको छ । अध्यक्ष केसीले राजदूतावास नभएको ठाउँमा पनि नेपालीहरूले आफ्नो देशको पहिचान गराउने काम गरेको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 1 =