मधेस प्रदेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिने

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिने भएका छन् ।

उनले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि असोज २८ गते विश्वासको मत लिन लागेका हुन् ।

उनले प्रदेशसभा सचिवालयलाई सोही दिन विश्वासको मत लिने व्यवस्था मिलाइदिन पत्र पठाएका थिए ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा हाल १०५ जना सदस्य कायम छ । सिंह नेतृत्वको सरकारमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

मधेस प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का एक निलम्वितसहित २५, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका नौ, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका एक निलम्वितसहित नौ, नेकपा (एकीकृत समाजवादी) पार्टीका सात तथा राप्रपा, नागरिक उन्मुक्ति पार्टी र सङ्घीय समाजवादी पार्टीका एक÷एक जना प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seven =