सम्पर्कविहीन भएकी ११ वर्षीया सुमित्राको भेटियो
२०८२ असोज ११ गते

धनगढी । धनगढीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।
धनगढी उपमहानगरपालिका-३ चटकपुरकी ११ वर्षीया सुमित्रा राना बिहीबार साँझ घरबाट बेपत्ता भएकी थिइन् । खोजतलासका क्रममा शुक्रबार साँझ उनको शव मोहना नदीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार शव निर्वस्त्र अवस्थामा भेटिएको हो । शव भेटिएको स्थानबाट करिब दुई सय मिटरको दूरीमा उनका लुगा फेला परेको प्रहरीले जनाएको छ ।
घटनापछि शवलाई परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । यसैबीच, घटनाको पूर्ण सत्यतथ्य पत्ता लगाउन परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जनाएको छ ।
२०८२ असोज ११ गते
प्रतिक्रिया
सम्बन्धित








