राष्ट्रका नाममा सम्बोधन गर्ने तयारीमा प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी थालेकी छन् ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार हालैको राजनीतिक परिस्थिति र आगामी प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै राष्ट्रलाई सम्बोधन गर्नेबारे प्रधानमन्त्री कार्कीले छलफल सुरू गरेकी हुन् ।

स्रोतका अनुसार सम्बोधनका विषयवस्तु तय गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद्का सदस्यहरू र विज्ञहरूसँग अनौपचारिक सल्लाह–परामर्श गरेकी छन् ।

स्रोतले भन्यो,‘पछिल्लो राजनीतिक परिस्थिति, संसद् विघटन र निर्वाचनसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीज्यूले राष्ट्रलाई सम्बोधन गर्ने तयारीमा हुनुहुन्छ ।’

हालसम्म सम्बोधनको मिति तय भइनसके पनि स्रोतले बिहीबार नै सम्बोधन हुन सक्ने संकेत दिएको छ । ‘सम्भावित मस्यौदा तयार पारिँदैछ, बिहीबार सार्वजनिक सम्बोधन हुन सक्छ,’ स्रोतले भन्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eleven =