रवीन्द्र मिश्रको प्रश्न- जलेका नोट मिडियाको ब्यानर हेडलाइन किन बनेन ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले जेन-जी आन्दोलनका क्रममा नेताहरूका घरमा नोट जलेका विषयमा प्रमुख सञ्चारमाध्यमले पर्याप्त समाचार सम्प्रेषण नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । पूर्वपत्रकारसमेत रहेका मिश्रले आम सञ्चारमाध्यमको मौनताप्रति गम्भीर प्रश्न उठाएका हुन् ।

मिश्रले सोमबार बिहान सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै भनेका छन्, ‘जुन दिन नेताको घरमा कोठाभरिभरि नोटका खात जलेको भनिएको भिडिओ सार्वजनिक भयो, प्रमुख मिडियाले त्यसको समाचार सम्प्रेषण गर्नुपर्थ्यो कि पर्थेन ? त्यसको ‘फलोअप’ गर्नुपर्थ्यो कि पर्थेन ?’ उनले केही मिडियाले मात्र यसलाई प्राथमिकता दिएको तर धेरैजसो आम सर्वसाधारणले युट्युबरहरूमार्फत मात्रै जानकारी पाउनुपरेको भन्दै असन्तुष्टि पोखे ।

रवीन्द्र मिश्रले जलेका नोटका डङ्गुरहरू पत्रकारिताको दृष्टिकोणबाट ‘ब्यानर हेडलाइन’को सामग्री हो कि होइन भन्दै प्रश्न गरेका छन् । उनले कतिवटा प्रमुख अनलाइन वा नअनलाइन मिडियाले यसलाई महत्त्वका साथ छापे, कसैले याद गरेको छ भन्दै आम सञ्चारमाध्यमको भूमिकामाथि प्रश्न उठाएका छन् ।

मिश्रले विगतमा प्रमाणबिना ‘राजाले गैँडा बेचेर खाए’ भन्ने मिडियाहरू स्पष्टै रूपमा देखिएको यति ठूलो समाचारबारे किन मौन बसे होलान् भन्दै तुलनात्मक प्रश्न गरेका छन् । उनले यसलाई मिडियाको दोहोरो चरित्रका रूपमा व्याख्या गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =