ओली–पोखरेलबीच गम्भीर राजनीतिक संवाद, पोखरेलले भने– ‘सबैसँग कुरा गर्नुस्’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आइतबार भक्तपुरको गुण्डू पुगेका छन् ।

जेनजी विद्रोहपछिको राजनीतिक उथलपुथलपछि यी दुई शीर्ष नेताबीच भएको यो पहिलो भेटलाई महत्वपूर्ण राजनीतिक संकेतका रूपमा हेरिएको छ ।

ओलीले स्वयं कुराकानीका लागि बोलाएपछि पोखरेल गुण्डू पुगेका थिए । भेटमा दुवै नेताबीच पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको अवस्था र अबको रणनीतिक दिशाबारे छलफल भएको स्रोतले जानकारी दिएको छ ।

‘सबैसँग कुराकानी गर्नुस् । तलतिर (एमाले पंक्तिमा) राम्रो छैन भन्ने कुरा आइरहेको छ । सचिवालयको बैठक चाँडै राखौं, पोखरेलले ओलीलाई भनेको थिए । तर ओलीले यसमा कुनै ठोस प्रतिक्रिया नजनाएको स्रोतले उल्लेख गरेको छ ।

ओली २ असोजदेखि गुण्डू फर्किएपछि लगातार निकट नेताहरूसँग भेटवार्ता गर्दै आएका छन् । शनिबार उपाध्यक्ष विष्णुप्रसाद पौडेल, आइतबार उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, र वरिष्ठ उपाध्यक्ष पोखरेलसँग भएको भेटले एमालेभित्रको आन्तरिक संवादको गति बढ्दै गएको देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − thirteen =