मन्त्री बन्दै अनिलकुमार सिन्हा, दुई मन्त्रालयको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई दुई मन्त्रालयको जिम्मेवारी दिँदै मन्त्री पदका लागि सिफारिस गरेकी छन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सिन्हालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दुबैको जिम्मेवारी दिइनेछ । उनको नाम राष्ट्रपति कार्यालयमा सिफारिस भइसकेको जानकारी प्राप्त भएको छ ।

न्याय क्षेत्रमा लामो अनुभव बटुलेका सिन्हालाई कार्यपालिका तहमा ल्याउनु प्रधानमन्त्री कार्कीको रणनीतिक निर्णयका रूपमा हेरिएको छ । दुवै मन्त्रालय नीति निर्माण, सेवा प्रवाह, र संरचनागत सुधारको दृष्टिकोणले संवेदनशील मानिन्छन् ।

अब राष्ट्रपति कार्यालयबाट नियुक्ति स्वीकृत भएसँगै सिन्हाले मन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिनेछन् ।

स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले इमानदार र नीतिनिष्ठ व्यक्तिहरूलाई सरकारमा ल्याउने नीति अनुरूप सिन्हालाई सिफारिस गरेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − six =