राष्ट्रपतिले आँट गरेर संविधान जोगाएका हुन् : सिपी मैनाली

काठमाडौं । नेकपा (माले) का महासचिव सिपी मैनालीले राष्ट्रपति रामचन्द्र पौडेलले आँट गरेर मात्रै संविधान जोगिएको बताएका छन् ।
पश्चिमा र अन्य शक्तिहरुले नचाहँदा नचाहँदै आफूमा अन्तर्निहित अधिकारको प्रयोग गरेर संविधान जोगाउने आँट गरेको भन्दै उहाँले राष्ट्रपति पौडेलको प्रशंशा समेत गरे ।
प्रगतिशील लेखक संघ, नेपालले आईतवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव मैनालीले निर्वाचन हुनका लागि राजनीतिक दलहरुले संसद पुनःस्थापनाको माग राखेर आन्दोलन गर्न नहुने पनि बताए ।
उनले जेनजी पुस्ताले आफूहरुको माग पूरा गराउनका लागि दबाब दिएपनि मुलुकमा चुनाव हुन नसक्ने अवस्था आउने जिकीर गरे ।
महासचिव मैनालीले नेपालमा संविधान मास्नका लागि वाह्य शक्तिहरुले चलखेल गरिरहेको पनि बताए ।
महासचिव मैनालीले मुख्य राजनीतिक दलहरुले गलत काम गरेका कारण मुलुकमा विपत्ति आईपरेको दोहोर्याए ।








