पूर्वराष्ट्रपति भण्डारीद्वारा घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनमा भएका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।

उनले आज महाराजगञ्जस्थित नेपाल पुलिस अस्पतालमा पुगी घाइतेको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको उनका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए । उनले नेता र नागरिकले राष्ट्रको सर्वोपरि हितमा रहेर काम गर्नुपर्ने बताए ।

पूर्वराष्ट्रपति भण्डारीले आग्रह पूर्वाग्रहभन्दा राष्ट्रिय भावना र राष्ट्रिय सर्वोपरि हितका लागि काम गर्नुपर्ने भन्दै बदला र प्रतिसोधको भावनामा कोही जान नहुने भनाइ राखिन् । उनले नेपाल शान्तिको कामना गर्ने देश रहेको उल्लेख गर्दै मुलुकका सर्वोच्च अङ्गमा आगजनी र तोडफोड गर्न नहुने बताए ।

उनले भदौ २३ गतेको घटनाको प्रतिकारस्वरूप वा प्रयोजित रूपमा आगजनी र तोडफोड भएको थियो भन्ने कुरा हेर्नुपर्ने बताए । उक्त अस्पतालमा करिब दुई सय जना घाइतेको उपचार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 9 =