सुहाङ नेम्वाङले मागे जनतासँग माफी

काठमाडौं । नेपाली प्रतिनिधि सभाका निवर्तमान सांसद सुहाङ नेम्वाङले आफूले सक्रिय राजनीतिमा संलग्न भएको दुई वर्षको अवधिमा गरेका कमजोरी र नालायकीका कारण माफी मागेका छन् ।

उनले शुक्रबार जारी गरेको एक विज्ञप्तिमा आफ्ना कार्यहरूको आत्मालोचना गर्दै जनतासमक्ष माफी मागेको जानकारी दिएका छन् ।

नेम्वाङले भने ‘मैले फर्केर हेरेँ र पत्तो लाग्यो कि सक्रिय राजनीतिमा करिब एक वर्ष दुइ वर्ष बितिसकेको छ । यस बीचमा इलामेली जनताको जनप्रतिनिधि र प्रतिनिधि सभा सदस्यको रूपमा झन्डै डेढ वर्ष काम गर्ने अवसर प्राप्त भयो । यस हिसाबले यो अवस्थाको निर्माणमा मेरो पनि अलिकति भूमिका रह्यो होला । यदि यस अवस्थाको लागि मेरो कुनै कमजोरी र नालायकी जिम्मेवार छ भने म माफी माग्छु ।’

‘हामीलाई आत्मालोचना र स्वीकारोक्ति जरुरी छ । जनतालाई माफी मागेर सच्चिने प्रण गर्नु नै हाम्रो महानता हो,’ उनले भनेका छन् ।

नेम्वाङले भदौ २३ र २४ गतेका घटनामा आफ्नो जिम्मेवारी स्वीकार गर्दै, जनतासमक्ष अपील गरे । उनले विशेष गरी जेनजीको बारेमा गाली गर्नु आफ्नो सन्ततीलाई गाली गर्नु सरह भएको भन्दै ती घटनाहरूको आलोचना गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seventeen =