केपी ओलीले शिवपुरीबाट जेनजीलाई लेखेको पत्र फेक!

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शिवपुरीबाट लेखेको भनिएको पत्र फेक रहेको पाइएको छ ।
पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले ओलीले लेखेको भनिएको पत्र फेक रहेको पुष्टि गरे ।
ओलीलाई शिवपुरीको सैनिक घेरामा राखिएको र उनले जेनजी आन्दोलनकारीका नाममा लेखेको भनिएको चिठीको बारेमा सञ्चार माध्यममा आएका खबरहरूलाई झुठो भएको बताए ।
उनका अनुसार, ओलीको बाहिर निस्कने निर्णय केही समय अझै अनिर्णीत छ र कम्तीमा पाँचदेखि सात दिनसम्म यो निर्णय स्थगित रहने सम्भावना छ ।
ओलीको बारेमा आएका अफवाहहरूलाई स्पष्ट गर्दै, ज्ञवालीले भने, ‘न उहाँ शिवपुरीमा हुनुहुन्छ, न त त्यो पत्र उहाँको हो ।’
उनले यी सबै घटनाक्रमलाई नकारात्मक रूपमा प्रस्तुत गरिएको भन्दै, ओलीको वास्तविक स्थिति सैनिक सुरक्षा भित्र रहेको बताए । ‘सैनिक सुरक्षा हो, नजरबन्द होइन,’ उनले उनले भने ।








