मुग्लिन : गुडिरहेका बसमा पहराबाट खसेको ढुंगा लाग्दा यात्रुको मृत्यु

मुग्लिन । नारायणगढ-मुग्लिन सडकखण्डमा गुडिरहेका बसमा पहराबाट खसेको ढुंगाले लाग्दा एक जना यात्रुको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार तनहुँबाट नारायणगढतर्फ गइरहेको ग २ ख १८३६ नम्बरको बसमा मंगलबार साँझ इच्छाकामना गाउँपालिका-६ नाम्सीखोला पुलमा सडकमाथिबाट खसेको ढुंगाले लागेको हो ।

ढुंगाले लाग्दा बसमा सवार लमजुङको घलेगाउँकी ४६ वर्षीय ऐश्वर्या कामीको मृत्यु भएको प्रहरीले जनाएको छ । ढुंगाले लागेर गम्भीर घाइते भएका कामीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

बस र चालक तनहुँ म्याग्दे गाउँपालिका-२ का ३५ वर्षीय तेजकुमार शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुन्धान भइरहेको सूचना अधिकारी खनालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 20 =