संविधानको मर्मअनुसार ऐन बन्न सकेन : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधानको मर्मअनुसार ऐन बन्न नसकेको बताएका हुन् ।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले ढिलो छिटो औपवनिवेशीकरणको अन्त्य गर्ने, राज्य स्वाधीनता, र लोकतन्त्रको हितअनुसारको शिक्षा नीति बन्ने दाबी गरे । उनले संविधानको मर्मअनुसार ऐन बनाउन काम नै पूरा नभएकाले अहिले पनि शिक्षामा थुप्रै औपनिवेशिक कुराहरू रहेको जिकिर गरे । उनले जनयुद्ध, जनआन्दोलनमा भएको त्याग र तपस्याको मर्मअनुसार प्रयास गर्दागर्दै पनि अहिलेसम्म पनि त्यसअनुसारको शिक्षा नीति बन्न नसकेको बताए ।
अध्यक्ष दाहालले भने ‘हाम्रो संविधानको मर्मअनुसार ऐन बनाउन काम नै पूरा नभएको हुनाले अहिले पनि शिक्षामा थुप्रै औपनिवेशिक चिजहरू छन् । जनताले यति ठुलो त्याग र बलिदान गरेर बनाएको संविधानको मर्मअनुसार ऐन बन्न सकेका छैनन् । त्यसकारण जनयुद्ध, जनआन्दोलन, त्यो प्रक्रियामा भएको त्याग र बलिदानको इतिहासलाई जसरी शिक्षामा केन्द्रित गर्नुपर्ने हो । हामीले प्रयास गर्दागर्दै पनि अझै सफल भएको छैन । त्यसको निम्ति हामी नेतृत्व तहबाट र तपाईँ विद्यार्थी साथीहरूले पनि आफ्नो आफ्नो ठाउँबाट आवाज उठाउन जरुरी छ । ढिलो छिटो यो औपवनिवेशीकरणको अन्त्य गर्ने राज्य स्वाधीनता, र लोकतन्त्रको हितअनुसारको शिक्षा नीति बन्छ ।’
अध्यक्ष दाहालले राज्यले सम्पूर्ण शिक्षालाई नै निःशुल्क गर्नुपर्ने बताए ।








