गगन थापाको भारत भ्रमण स्थगित, यस्तो छ कारण

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ । शनिबार भारत प्रस्थान गर्ने तयारी गरेका थापाको भ्रमण पहिलो चरणमा आइतबारका लागि सारिएको थियो । तर आइतबार पनि उनी भारत नजाने भएका छन् ।

भारतको नयाँदिल्लीमा नेपाली कांग्रेसको जनसम्पर्क समितिको अधिवेशन आयोजना गरिएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन थापालाई निमन्त्रणा गरिएको थियो । कार्यक्रमका लागि तयारी पूरा गरे पनि उनले अन्तिम समयमा भ्रमण स्थगित गर्ने निर्णय गरेका हुन् ।

कांग्रेसका प्रवक्ता देवराज चालिसेले सभापति थापाको भारत भ्रमण स्थगित भएको पुष्टि गरेका छन् । तर भ्रमण स्थगित हुनुको कारणबारे उनले विस्तृत जानकारी दिन चाहेनन् ।

यद्यपि भ्रमण स्थगित हुनुको वास्तविक कारणबारे कांग्रेसले औपचारिक धारणा सार्वजनिक गरेको छैन । पार्टी स्रोतका अनुसार पछिल्लो समय देखिएको आन्तरिक विवाद नै भ्रमण स्थगित हुनुको मुख्य कारण हुन सक्ने अनुमान गरिएको छ ।

विदेशस्थित जनसम्पर्क समितिको महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएयता संस्थापन पक्ष र इतर समूहबीच मतभेद बढ्दै गएको छ । यहीबीच थापा र इतर पक्षको नेतृत्व गर्दै आएका पूर्णबहादुर खड्का समूहले देशव्यापी अभियानलाई पनि निरन्तरता दिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 16 =