नयाँ गभर्नर आएपछि डिपार्चर होस् : वर्षमान पुन

काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले वित्त नीति संकुचित भएकाले मौद्रिक नीति संयमित तवरले ल्याउनुपर्ने बताएका छन् ।

बुधवार अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय वित्त नीतिमा आएको संकुचनका कारणले आवधिक योजनामा राखिएको लक्ष्य भन्दा पनि बजेट कम हुँदै आएको छ । उनकाअनुसार नयाँ गभर्नर आएपछि निजी क्षेत्रले डिपार्चर होस् भन्ने चाहेका छन् । डिपार्चर हुनुपर्ने तर संयमता गुमाउन नहुने उनले बताए ।

उनले भने ‘नयाँ गभर्नरबाट निजी क्षेत्रले आशा धेरै गरेको छ । मौद्रिक नीति ल्याउँदै हुनुहुन्छ संयमित खालको ल्याउनुहोला । बढी लचिलो नहोस् । विगतमा लचिलो ल्याइएका कारण अहिलेसम्म असर परिरहेको छ । मौद्रिक नीतिले नियमनको पक्षलाई जोड दिओस् । सरकारले स्टार्टअपलाई जोड दिँदै आएको छ मौद्रिक नीतिले त्यता फोकस गरोस् ।’

उनकाअनुसार मौद्रिक नीतिले सरकारका नीतिहरूलाई सर्पोट गर्नुपर्छ । मुद्रास्फीति कम तर मजदुर गृहिणीले महसुस गर्न नपाएको अवस्था छ अहिले त्यतातर्फ राष्ट्र बैंकले ध्यान दिनुपर्छ । मौद्रिक नीति खुकुलो सन्तुलित समग्र अर्थतन्त्रलाई चलायमान गर्ने खालको आउनुपर्ने उनले बताए ।

उनका अनुसार संघीयतामा मुलुक गएपनि हाम्रा वित्तीय संस्था अझै सोही अनुकूलका हुन सकेनन् । त्यसतर्फ समेत ध्यान आगामी मौद्रिक नीतिले दिन सक्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − three =