विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएपछि कांग्रेसमा तरंग

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा फर्किएको विषय नेपाली कांग्रेसमा प्रवेश भएको छ ।
पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किएपछि कांग्रेसभित्र पनि चासो पैदा गराएको हो ।
कांग्रेस केन्द्रीय समितिको बैठकमा नेताहरूले भण्डारीको राजनीतिमा पुनः प्रवेशलाई सामान्य नभएको बताएका छन् ।
उनिहरुले यो पार्टी विषय नभई प्रणालीसँग जोडिएको विषय भन्दै विशेष ध्यान दिनुपर्ने धारणा राखेका छन् ।
कांग्रेस नेता विमलेन्द्र निधिले भण्डारीको सक्रियता संसदवादी प्रणालीका लागि सन्देहास्पद रहेको बताएका थिए ।
यस्तै महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपतिको गरिमा जोगाउनुपर्नेमा पूर्व राष्ट्रपतिलाई प्रत्यक्ष राजनीतिमा उतार्नुले गलत सन्देश जाने चेतावनी दिए ।
पार्टी स्रोतका अनुसार सभापति शेरबहादुर देउवाले यो विषय प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष समेत उठाएका छन् ।








