माओवादी सांसद छिरिङको चरित्र हत्या गरेको आरोपमा राप्रपाका युवा नेता पक्राउ
२०८२ असार २३ गते

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की समानुपातिक सांसद छिरिङल्यामु लामुको चरित्र हत्या गरेको आरोपमा राप्रपा निकट प्रजातान्त्रिक युवा सङ्गठनका केन्द्रीय सदस्य पक्राउ परेका छन् ।
केन्द्रीय सदस्य रमेशबहादुर बडु (बाग)लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सांसद लामाले दिएको उजुरीका आधारमा साइबर ब्युरोले आइतबार बागलाई पक्राउ गरेको थियो ।
उनलाई काठमाडौं जिल्ला अदालतले पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।
सांसद लामाले बागले एआई प्रविधिबाट बनाएको भ्रामक भिडियो सामाजिक सञ्जालमा सेयर गरी उनको चरित्र हत्या गरेको बताएकी छन् । भिडियोमा सांसद लामाले एक युवकसँग ओठमा चुम्बन गर्दै गरेको देखिन्छ ।
२०८२ असार २३ गते
प्रतिक्रिया
सम्बन्धित








