बजेटमा विचौलियाको प्रभाव, विकृत पुँजीवादको छायाँ देखियो : सांसद चन्द

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद रेणु चन्दले अगामी आर्थिक वर्षको बजेटमा बिचौलियाको प्रभाव परेको र विकृत पुँजीवादको छायाँ देखिएको टिप्पणी गरेकी छन् ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा आर्थिक विधेयकमाथि सुझावको सूचना पेस गर्दै सांसद चन्दले यस्तो टिप्पणी गरेकी हुन् ।

उनले संविधानमा समाजवाद लेखिएको स्मरण गराउँदै सामाजिक न्याय र समानतामा आधारित आर्थिक नीति अपनाउन समेत सरकारलाई आग्र गरिन् ।

उनले सरकारले कर नीतिमा समेत दोहोरो मापदण्ड अपनाएको आरोप लगाइन् । उनले विद्युत महशुल नतिर्नेहरूलाई दिइएको माफी फिर्ता असुल्न माग गर्दै त्यसपछि मात्र नयाँ कर छुटबारे छलफल गर्नुपर्ने बताइन् ।

उनले भनिन्– ‘विद्युत महशुलको कुरा पनि गर्नुभएको छ । मेरो अर्थमन्त्रीमन्त्रीज्युलाई प्रश्न छ– पहिला तपाई विद्युतको कर नतिरेकाको माफी मिनाहा गर्नुभएको छ त्यो असुल्नुहुन्छ कि हुन्न ? पहिला त्यो असुल्नुस् त्यपछि कर छुटको कुरा गर्नुस् । हामीले बजेट आउँदाखेरी नै भनेका छौं बजेटमा विचौलियाहरुको प्रभाव देखिएको छ । विकृत पुँजीवादको प्रभाव पनि देखिएको छ । त्यसको छाया यहाँसम्म आउनु स्वभाविक नै हो । त्यसका बाबजुद संविधानमा समाजवाख लेखिएको हुनाले समाजवादलाई पनि मध्यनजर गर्दै यसमा सुधार गर्नुहुनेछ भन्ने अपेक्षा राख्दछु ।’

उनले सुनमा विलासिता कर लगाउनु उचित नभएको भन्दै व्यवहारिक कुरमा समेत ध्यान दिन आग्रह गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =