रास्वपाको दुई दिने प्रशिक्षण कार्यक्रम इटहरीमा सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई दिने प्रशिक्षण कार्यक्रम सुनसरीको इटहरीमा सुरु गरेको छ । पार्टीका प्रदेशस्तरीय कार्यकर्तालाई लक्षित प्रशिक्षण आजदेखि सुरु भएको हो ।

कार्यक्रमको प्रमुख आतिथ्य पार्टीका कार्यवाहक सभापति डिपी अर्यालले गरे । प्रशिक्षणमा डा. स्वर्णिम वाग्ले, मनिष झा, शिशिर खनाल, सन्तोष परिवारलगायत नेता तथा विज्ञहरू प्रमुख प्रशिक्षकका रूपमा सहभागी छन् ।

पार्टीका अनुसार प्रशिक्षणको उद्देश्य संगठनात्मक सुदृढीकरण, नीति संवाद तथा भावी रणनीतिमाथि केन्द्रित छ ।

कार्यक्रममा कोशी प्रदेश तथा आसपासका जिल्लाबाट प्रतिनिधिहरूको उपस्थिति रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − six =