रुकुममा श्रीमान्‌बाटै मध्यरातमा श्रीमतीको हत्या

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा एक पुरुषले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । घरायसी विवादले उग्र रूप लिँदा चौरजहारी नगरपालिका-३, टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले ३० वर्षीया श्रीमती देविका बुढाथोकीको ज्यान लिएका हुन् ।

जिल्ला प्रहरी प्रमुख (डीएसपी) प्रमेश विष्टका अनुसार, गएराति मध्यरातमा घरमै भएको विवादका क्रममा चन्द्रबहादुरले श्रीमती देविकाको घाँटीमा धारिलो खुकुरी प्रहार गरेका थिए । गहिरो चोटका कारण देविकाको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनालगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दिपेन्द्र रावतको नेतृत्वमा खटिएको टोलीले राति नै चन्द्रबहादुरलाई घरबाटै नियन्त्रणमा लिएको हो । प्रहरीले हत्यामा प्रयोग भएको खुकुरीसमेत बरामद गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट श्रीमान-श्रीमतीबीच लामो समयदेखि मनमुटाव र झगडा हुने गरेको खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । मृतक देविकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 8 =