प्रधानमन्त्रीद्वारा मनमोहन अधिकारीको शालिक अनावरण
२०८२ असार १४ गते

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको शालिक अनावरण गरेका छन् ।
नागार्जुन नगरपालिका–७ मा आयोजित एक समारोहमा उनले मनमोहन पार्क उद्घाटन गर्दै अधिकारीको शालिकमा माल्यापर्ण गरे । नेपाली राजनीतिमा निष्ठाको राजनीति गर्ने नेताका रुपमा आफ्नो परिचय बनाका पूर्वप्रधानमन्त्री अधिकारी सरल र सादगी जीवन अङ्गालेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का संस्थापक नेतामध्येका एक अधिकारी नेतृत्वको सरकारले २०५१ सालमा नौ महिना शासन गरेको थियो । नेपाली राजनीतिमा उनले पुर्याएको योगदानको सम्मान गर्दै पार्क निर्माण गरिएको हो ।
२०८२ असार १४ गते
प्रतिक्रिया
सम्बन्धित








