जसपा नेपालले समर्थन फिर्ता लिनुपर्ने कुनै कारण छैन : एमाले

काठमाडौँ ।  नेकपा (एमाले)ले जसपा नेपालले सत्ता गठबन्धनबाट समर्थन फिर्ता लिने निर्णय हालको अवस्थामा आवश्यक नरहेको प्रतिक्रिया दिएको छ ।

बिहीबार च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जसपाको निर्णयबारे औपचारिक जानकारी नआएको स्पष्ट पारे ।

“हामीले बैठकको निर्णय थाहा पाएका छौं तर संसद्मा अहिलेसम्म औपचारिक जानकारी दिइएको छैन,” ज्ञवालीले भने, “यदि औपचारिक रूपमा नगरेका हुन् भने त्यो राम्रो हुनेछ, किनभने हाल समर्थन फिर्ता लिनुपर्ने कुनै कारण छैन ।”

ज्ञवालीका अनुसार जसपा नेपालकै आग्रहमा एमालेले भूमि सम्बन्धी अध्यादेश निष्क्रिय बनाएको थियो । “केही विषयमा उहाँहरूले आफ्नो कुरा राख्नुभएको थियो, र हामीले त्यो सम्बोधन गरेका थियौं,” उनले थपे ।

ज्ञवालीले जसपाले समर्थन फिर्ता नलिएको भए राम्रो हुने धारणा राख्दै अझै पनि संवाद र सहकार्यको सम्भावना रहेको संकेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + ten =