विनियोजन विधेयकमा मतदान गर्न एमालेले लगायो ह्वीप

काठमाडौं । नेकपा (एमाले) ले आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकको पक्षमा मतदान गर्न आफ्ना सम्पूर्ण सांसदलाई ह्वीप जारी गरेको छ।

एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाद्वारा सोमबार जारी ह्वीपमा प्रतिनिधिसभाका सबै सांसदहरूलाई मंगलबारको बैठकमा अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिइएको छ।

सरकारले जेठ १५ गते संघीय संसद्मा पेस गरेको विनियोजन विधेयक २०७२ भोलि (मंगलबार) प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत हुँदैछ । बजेट पारित गर्नका लागि संसदमा छलफल अन्तिम चरणमा पुगेको छ।

संसदमा प्रमुख विपक्षी दल एमालेको भूमिकालाई निर्णायक मानिएको सन्दर्भमा विधेयक पारित गर्न उसले आफ्नो उपस्थितिलाई सुनिश्चित गर्न ह्वीप जारी गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eight =