ढुंगेअड्डामा दुई बाइक र ट्रक ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा गएराति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

शुक्रबार राति साढे ८ बजे तिर कलंकीबाट थानकोटतर्फ जाँदै गरेको ना ६ ख ८६७४ नम्बरको ट्रक, बा.प्र.०२–०४९ प ४९५७ नम्बरको मोटरसाइकल र बा ६३ प २०७७ नम्बरको अर्को मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार, दुर्घटनामा हुम्लाका २२ वर्षीय धीरेन्द्र भियाल गम्भीर घाइते भए । उपचारका क्रममा सहिद मेमोरियल अस्पताल, कलंकीमा उनको मृत्यु भएकाे हाे ।

दुर्घटनामा घाइते भएका ५० वर्षीय मुक्ति नारायण श्रेष्ठको हात र खुट्टामा चोट लागेको छ । हाल उनी सोही अस्पतालमा उपचाररत छन् । दुर्घटनाको विस्तृत विवरण र कारणबारे थप अनुसन्धान भइरहेको थानकोट प्रहरी वृत्तले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =