विनियोजन विधेयकमाथिको छलफल सकियो, अब मन्त्रीहरूले दिनेछन् जवाफ

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथिको छलफलमा सांसदहरूले आज बोल्ने क्रम सकिएको छ ।

आइतबारको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ तथा सहकारी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगका सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल सम्पन्न भएको हो ।

छलफलका क्रममा नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले संसद् सचिवालयमा सांसद समन्वय शाखा स्थापना गर्नुपर्ने धारणा राखे । “सांसदहरूले मन्त्रालय धाउने प्रवृत्तिको अन्त्य गर्न अब समन्वय शाखाबाट योजना र माग बुझाउने व्यवस्था हुनुपर्छ,” बर्तौलाले भने ।

नेपाली कांग्रेसकी सांसद सीता गुरुङले बजेट महिला, बालबालिका र ज्येष्ठ नागरिकमैत्री बन्न नसकेको टिप्पणी गरिन् । उनले सातै प्रदेशमा घरेलु हिंसा पीडितका लागि ‘सेफ हाउस’ सेवा केन्द्रको व्यवस्था गर्न माग गरिन् ।

प्रतिनिधिसभाको अर्को बैठक यही असार ९ गते बिहान ११ बजे बस्नेछ । सो बैठकमा मन्त्रीहरूले आफू मातहतका मन्त्रालयसम्बन्धी उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + nine =