काठमाडौं–दिल्ली इकोनोमिक क्लासको टिकट मूल्य बढी भयो : सांसद महासेठ
२०८२ असार ८ गते

काठमाडौं । नेकपा एमाले सांसद रघुवीर महासेठले हवाई टिकटको मूल्य महंगो भएको भन्दै मूल्य घटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहल गर्नुपर्ने बताएका छन् ।
आईतवारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।
उनले नेपालीहरुले दिल्ली जानलाई ६० हजारदेखि ८० हजार रुपैयाँ इकोनोमिक क्लासका लागि तिर्ने कुरा दुःखद् भएको बताए ।
उनले यसलाई कसरी नियन्त्रण गर्ने भन्नेमा गम्भीर हुनुपर्ने बताए । यस्ता कुराहरुको ब्रेक उड्डयनमन्त्रालयले गर्नुपर्ने उनको भनाइ छ । नेपाल—भारत हवाई मात्रा बढाउनुपर्ने उनको भनाइ छ ।
समितिको बैठकमा आईतवार नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि समितिमा सैद्धान्तिक छलफल भएको हो ।
२०८२ असार ८ गते
प्रतिक्रिया
सम्बन्धित








