सभापति देउवाद्वारा दुःख व्यक्त
२०८२ असार ७ गते

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य मधु आचार्यकी माता तथा राष्ट्रियसभाका सांसद कमला पन्तकी सासूआमा मिठु आचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
मिठु आचार्यको यही असार ६ गते भएको निधन भएको हो ।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
देशको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएकी आचार्यको निधनबाट पार्टीलाई अपूरणीय क्षति भएको बताएका छन् ।
२०८२ असार ७ गते
प्रतिक्रिया
सम्बन्धित








